टोकियो – एउटा सानो भर्याङमाथि बनेको घरले अहिले जापानको सामाजिक सञ्जालमा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घरको पोस्टलाई करिब २२ हजार पटक सेयर गरिसकिएको छ ।
भूकम्प आइरहने जापानजस्तो देशमा एउटा साँघुरो भर्याङमाथि बनेको एक तल्ले घरले संसारभरीका धेरैलाई चकित पारेको छ ।
उक्त ‘च्याउ घर’ जापानको शिगाकेनको ताकासिमा सहरमा अवस्थित छ ।
घर एउटा यस्तो आरामदायी ठाउँ हुनुपर्दछ, जहाँ तपाइँले सुरक्षित महसुस गर्न सक्नुहोस् र दिन सकिएपछि आराम गर्न समय व्यतित गर्न सक्नुहोस् ।
यो घर किन यस्तो बनाइयो, यसको कारण भने पत्ता लाग्न सकेको छैन ।
なんか一本で建ってる pic.twitter.com/eXvkYnzME1
— Yuko Mohri 毛利悠子 (@mo_hrizm) September 1, 2020