Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

काठमाडौं – केरलाको वायनाड लोकसभा सीटमा भएको उपनिर्वाचनमा भारतीय कांग्रेस उम्मेदवार प्रियंका गान्धी वाड्रा ४ लाख बढी मतान्तरले विजयी भएकी छिन् । शनिबार सम्पन्न मतगणनामा गान्धीले ६ लाख २२ हजार ३३८ मत गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का सत्यन मोकरीले २ लाख ११ हजार ४०७ मत मात्रै ल्याउन सके ।

सत्तारुढ भारतीय जनता पार्टीका नव्य हरिदासले भने १ लाख ९ हजार ९३९ मत मात्रै ल्याउन सकिन् । लोक सभाका लागि काङ्ग्रेस नेता राहुल गान्धीले यस वर्ष जुनमा भएको चुनावमा केरला राज्यको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी भएपछि वायनाडबाट राजिनामा दिएका थिए ।

गान्धीले वायनाडबाट ३ लाख ६४ हजारभन्दा बढी मतको अन्तरले विजय हासिल गरेका थिए । उनको स्थानमा प्रियंका गान्धी वायनाडबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन् । यस वर्षको लोकसभा चुनावमा कांग्रेस नेता राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाडबाट चुनाव लडे र दुवै सिट जितेका थिए । तर, पछि उनले लोकसभामा रायबरेली सिटबाट प्रतिनिधित्व गर्ने निर्णय गरे । राहुलको यो निर्णयसँगै वायनाड सिट खाली भयो, जसको लागि १३ नोभेम्बरमा उपनिर्वाचन भएको थियो । प्रियंकाले पहिलो पटक संसदीय चुनाव लडेकी हुन् । वायनाड सिटलाई कांग्रेसको गढ मानिन्छ ।

हालै सम्पन्न लोकसभा चुनावमा कांग्रेसका राहुल गान्धीले ६ लाख ४७ हजार ४४५ मत प्राप्त गर्दै विजयी भएका थिए । सन् २०१९ मा कंग्रेस नेता राहुल वायनाडबाटै संसद पुगेका थिए । २०२४ मा राहुलले वायनाड र रायबरेली दुवै जितेका थिए । यसपछि उनले वायनाडबाट राजीनामा दिएका थिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया