मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

काठमाडौं – भारतका चर्चित शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ। पण्डित जसराजको अमेरिकाको न्यू जर्सीमा सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

९० बर्षिय गायक जसराजको हृदयघातबाट निधन भएको बताइएको छ। भारतमा पदम विभुषण गायक जसराज शास्त्रीय संगीतका ठूला गायक रहेका थिए। उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायतले दुख व्यक्त गर्दै शास्त्रीय संगीतलाई ठूलो क्षति भएको प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया