Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हो ।

नियमित प्रेस ब्रिफिङअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार थप १४ जनामा कोरोना देखिएको जानकारी दिए । संक्रमितहरु काठमाडौंका सात पुरुष र पाँच महिला गरी १२ जना, ललितपुर र भक्तपुरका एक-एक जना पुरुषमा रहेको उनले बताए ।

यी १४ सहित देशभर पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ५६४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ९४ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया