Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा शुक्रबार साँझ एक निजी विमान दुर्घटनाग्रस्त भएको छ। स्थानीय समयअनुसार साँझ ६:३० बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिकै लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) दुर्घटनामा परेको रोयटर्सले जनाएको छ। उक्त विमान फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड–ब्रान्सन विमानस्थलतर्फ उडान भरेको थियो।

अमेरिकी उड्डयन विभागका अनुसार विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनको हेरचाहका लागि रहेका एकजना गरी कुल ६ जना सवार थिए। जेट रेस्क्यु एयर एम्बुलेन्सले विज्ञप्तिमार्फत जहाज दुर्घटनाबारे पुष्टि गरेको छ। रोयटर्सका अनुसार विमान तीव्र गतिमा भुइँमा खसेपछि आगलागी भएको थियो, जसले केही क्षणमै ठूलो विस्फोटको रूप लिएको थियो। अमेरिकी सञ्चारमाध्यमहरूले दुर्घटनामा परेका सबैजनाको मृत्यु भएको जनाएका छन्।

गत बुधबार मात्र अमेरिको वासिङटन डि.सी.स्थित रोनाल्ड रेगन नेशनल विमानस्थल नजिक यात्रुवाहक विमान र सैन्य हेलिकप्टर आपसमा ठोक्किंदा ६७ जनाको ज्यान गएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया