युनेस्कोका अनुसार संसारभर २९० मिलियनभन्दा बढी विद्यार्थीहरु अहिले कोरोनाभाइरसबाट प्रभावित भएका छन् । भनिन्छ संकटले अवसरलाई पनि संगै लिएर आएको हुन्छ । हामीले यसलाई चिन्न सकेनौ भने कुनै पनि क्षेत्रमा अग्रगामी फड्को मार्न सक्दैनौ ।
कोरोनाले पनि आफूसंगै केही अवसर लिएर आएको छ । जस्तै: यसले फ्याक्ट्री मोडलको शिक्षाप्रणालीलाई सुधार गर्न हामीलाई घच्घच्याएको छ । यो चुनौतीलाई नेपालको शिक्षामन्त्रालयले अवसरकारुपमा ग्रहण गर्नसक्यो भने नेपालको शिक्षाक्षेत्रले काँचुली फेर्ने कुरोमा विवाद नहोला । हाम्रो वर्तमान शिक्षा प्रणालीले शिक्षा क्षेत्रमा परम्परा धान्ने काम मात्रै गरिरहेको छ । समतामूलक शिक्षा प्रदान गर्न सकिरहेको छैन । यस्तो अवस्थामा कोरोनाको प्रकोपले यो शिक्षा प्रणालीलाई आमूलरुपमा सुधार गर्नका लागि सबैलाई सोच्न भने वाध्य बनाएको छ ।
कोरोनाले एउटा कुरो के स्पस्ट पारिदिएको छ भने वर्तमान शिक्षा र शैक्षिक स्रोत साधनमा सबै बर्गका बालबालिकाहरुको समान पहुँच छैन । अहिले विद्यालय, शिक्षाप्रणाली र बालविकासलाई विद्यार्थीका आवश्यकताहरुप्रति कसरी उत्तरदायी बनाउने भन्ने चुनौती हो । अहिले एउटा यस्तो शिक्षाप्रणालीको विकास गर्न सकिन्छ जहाँ विद्यार्थीहरुका विद्यालयभित्र र विद्यालयबाहिरका सबै आवश्यकताहरु पूर्ती गर्न सकिन्छ । अनि मात्रै फ्याक्ट्री मोडलको वर्तमान शिक्षाप्रणालीलाई विस्थापन गर्न सम्भव हुन्छ ।
विद्यालय जाने कामले मात्र विद्यार्थीको सफलता र कल्याणलाई निर्धारण गर्दैन । हाम्रो शिक्षाप्रणाली सबैबर्गका विद्यार्थीका लागि एकनासको छ जबकि विद्यार्थीमाथि पर्ने प्रभाव र विद्यालयसन्चालनका आधारमा हेर्ने हो भने कुनै पनि विद्यालय समान हुदैनन् । जसरी प्रत्येक विद्यार्थी फरक हुन्छ त्यसरी नै प्रत्येक विद्यालय फरक हुन्छ किनकि प्रत्येक विद्यार्थी भिन्न पृष्ठभूमिबाट आएको हुन्छ । विद्यालयबाहिरका स्रोतसाधन र अवसर पनि भिन्न हुन्छन भन्ने कुरो बुझ्नु आवश्यक छ ।
विद्यार्थीको धेरै जसो समय त विद्यालयबाहिर नै बितेको हुन्छ जहाँ असंख्य असमानता र फरकपन हुन्छन । कोरोना संकटका बेला केही विद्यार्थीलाई कुनै असर पर्दैन किनकि उनीहरुसंग गुणस्तरयुक्त सिकाईका अवसरहरु धेरै छन् । तर अरु विद्यार्थीहरुसंग भने गुणस्तरीय शिक्षाका लागि कुनै विकल्प नै छैनन् । यस्ता विद्यार्थीहरु अहिले शिक्षाप्राप्त गर्ने अवसरबाट निश्चय पनि बन्चित भएका छन् । त्यसैले अहिले स्रोत र साधनमा पहुँच भएका विद्यार्थीहरु जेनतेन गरेर सिकाई गर्न सफल छन् भने कुनै पनि स्रोत र साधन नभएका विद्यार्थीहरु कोरोनाको ठुलो मारमा परेका छन् ।
अहिलेको समस्या भनेको डिजिटल डिभाइड हो किनकि सक्नेले अनलाइन शिक्षण र सिकाई गर्दैछन भने नसक्नेले शिक्षण र सिकाईका अवसरबाट बन्चित भएको अवस्था स्पस्ट छ । यो खाडललाई पुर्न नेपालको शिक्षाप्रणालीले के गर्नसक्छ त < यो कुरो सरकारले पहिले नै गरिसक्नुपर्थ्यो तर गरेन किनकि यसमा उसको दूरदृष्टि नै देखिएन । प्रविधिमा पहिले नै सबै विद्यार्थीको पहुँच सुनिश्चित गरेको भए अहिले यो अवस्था भोग्नुपर्ने थिएन। यसका लागि स्थानीय, प्रदेश र संघिय सरकारले संयुक्तरुपमा पहल गर्नुपर्ने देखिन्छ ।
एक्काइसौ शताब्दीको शिक्षाले प्रविधि र इन्टरनेट खोजेको छ जसले विद्यार्थीको सिकाईलाई सुनिश्चित गर्नसकोस\ । सबै विद्यार्थीको पहुँच प्रविधिमा पुर्याउनु आवश्यक भैसकेको छ किनकि यसले मात्र हाम्रा विद्यार्थीका शैक्षिक आवश्यकताहरुलाई पुरा गर्नसक्छ । केही समुदायमा प्रविधि उपलब्ध छ भने नभएका समुदायहरुले अहिले यसका लागि संघर्ष गर्नुपर्ने भएको छ । अहिले प्रविधिमा पहुँच नभएका विद्यार्थी वा परिवारका लागि नेपाल सरकारले ठाउँठाउँमा इन्टरनेट हटस्पट स्थापना गर्नुपर्छ जहाँ यिनीहरुले आफ्नो सिकाईका लागि पहुँच गर्नसकुन ।
यसै गरी आयआर्जन कम भएका अभिभावकहरुका बालबालिकाहरुलाई सरकारले निशुल्क क्रोमबुक उपलब्ध गराउनुपर्छ । तर कालान्तरमा भने हटस्पटले हुदैन किनकि सबैको प्रविधिमा पहुँच सुनिश्चित गर्नुपर्ने हुन्छ जुन राज्यको संवैधानिक दायित्व हो । अहिले सामाजिक र आर्थिकरुपमा पछि परेका वा पारिएका विद्यार्थीहरु ठुलो मारमा छन् किनकि उनीहरुको प्रविधि र इन्टरनेटमा कुनै पहुँच छैन । यो समस्याको सामाधान भनेको प्रविधि र इन्टरनेटमा यो बर्गको पहुँच सुनिश्चित गर्नु नै हो । घरमा आमाबुवाले बालबालिकाका शैक्षिक आवश्यकताहरु पुरा गर्नसक्छन त < अहिलेको विकल्प भनेको होमस्कुलिङ्ग नै हो तर के अभिभावकहरुसंग त्यो क्षमता, स्रोतसाधन र सरकारी निकायबाट दिइने सहयोग उपलब्ध छ त? यथार्थमा धेरै अभिभावकहरु अहिले यसका लागि संघर्ष गर्दैछन ।
यो परिवारको क्षमतामा भर पर्ने कुरो हो किनकि कुनै परिवार स्रोतसाधन सम्पन्न होलान भने कुनै परिवार यसबाट बन्चित छन् । कोही अभिभावकहरु घरमै होलान भने मजदुरबर्गले आफ्नो रोजीरोटी कमाउन काममा जानुपर्ने होला । त्यसैले होमस्कुलिङ्ग अहिलेको विकल्प भए पनि यो सबैका लागि प्रभावकारी हुनसक्दैन । यदि अभिभावकको काम र अभिभावकले गर्ने होमस्कुलिङ्गकाबीच सन्तुलन कायम गर्नसकिएन भने जो पहिले नै kLडित छ ऊ झन् kLडित हुने सम्भावना बढेर जान्छ । त्यसैले अभिभावकलाई कति जिम्मेवारी दिने भन्ने कुरामा नेपालको शिक्षामन्त्रालय स्पस्ट हुन जरुरी छ ।
अहिले विद्यालयहरु बन्द छन् र अभिभावकहरुले कहिले अनुभूति नगरेको असमानता अहिले महसुस गरेका छन् । अहिले खानाको अभाव छ, स्वास्थ्य र मानसिक स्वास्थ्यमा सर्वसाधारणको पहुँच अपर्याप्त छ, वस्ने बाँसको स्थायित्व छैन र प्रविधि तथा इन्टरनेटमा सबैको पहुँच छैन । यी असमनाताहरुलाई सम्बोधन गर्न सकिएन भने शिक्षाले आफ्नो उद्देश्य प्राप्त गर्नसक्दैन । अहिले शिक्षाप्रणाली र बालविकासको पुनर्संरचना र पुनर्विचार गर्नुपर्ने समय हो । अबको पाइला भनेको शैक्षिक प्रविधिमा समतामूलक पहुँच कसरी सुनिश्चित गर्ने भन्ने हो । यसले प्रविधि र इन्टरनेटले सिर्जना गरेको असमानताको खाडललाई पुर्न ठुलो सहयोग गर्नेछ ।
शिक्षा क्षेत्रमा अहिले आमूल परिवर्तनको खाँचो छ किनकि यो कोरोनासंकटले दिएको अवसरलाई हामीले उपयोग गर्न सकेनौ भने भविष्यमा यो परिवर्तन गर्न गारो होला । रसियाले जब १९५७ मा स्पुत्निक अन्तरिक्षमा पठायो अनि अमेरिकाले बल्ल थाहा पायो अमेरिकन शिक्षा अरुसंगको प्रतिस्पर्धामा पछाडी परेको छ भनेर । अनि अमेरिकाको आखाँ खुल्यो र आफ्नो शिक्षाप्रणालीलाई सुधार गर्नतिर युद्धस्तरमा लाग्यो । यसका फलस्वरूप चन्द्रमामा आफ्नो यान पठाउन सफल भयो । अमेरिकाले आफ्नो शिक्षाप्रणालीलाई पुरै पुनराबलोकन गर्यो र वैज्ञानिक पाठ्यक्रम बनाएर लागु गर्न सफल भयो । मानवीय पूँजी विकासमा शिक्षाको ठुलो भूमिका छ भन्ने तथ्यलाई आत्मसात गर्न सफल भयो । शैक्षिक हिसाबले अमेरिका पछाडी परेपछि …/fi6« जोखिममाÚ भनेर घोषणा नै गरेको थियो ।
विद्यालयमा राम्रो सिकाई गर्न विद्यालयबाहिर विद्यार्थीहरुले धेरै सुबिधाहरु पाउनुपर्ने हुन्छ । नेपालमा हामी विद्यालयभित्रका मात्रै कुरा गर्दछौ तर विद्यालयबाहिर उपलब्ध हुनुपर्ने सुबिधाहरुका बारेमा हामी बिरलै मात्र कुरा गर्छौ । विद्यार्थीले सिक्नका लागि स्वास्थ्य, सफापानी, पोषणयुक्त खाना, विद्यार्थीको सुरक्षा, लत्ताकपडा, स्थायी वसोवास र राम्रो पारिवारिक सम्बन्ध अति आवश्यक हुन्छन । विद्यालयबाहिर यी सबै कुरामा विद्यार्थीको समान पहुँच भयो भने मात्रै हाम्रो शिक्षाप्रणालीले सार्थकता पाउनेछ । यसका लागि एउटा विद्यार्थीलाई एउटा सिंगो व्यक्तिकारुपमा हेर्नुपर्ने हुन्छ । जब विद्यालयभित्र र बाहिर उपलब्ध स्रोतसाधनमा सबै विद्यार्थीहरुको समान पहुँच हुन्छ अनि मात्रै सिकाई सार्थक हुन्छ ।
संकटको बेला सफल हुन कुनै पनि प्रणालीका लागि वैकल्पिक प्रणालीको ब्यबस्ठा गरिनु सामान्य हो । संकटको बेला यसले अभ्यासमा रहेको प्रणालीलाई ब्याकअप गर्ने काम गर्छ । तर नेपालमा शिक्षाप्रणालीको कुनै ब्याकअप प्रणाली नभएकाले अहिलेको संकटमा विद्यार्थीहरुले दुख पाउनुपरेको हो । नेपालको शिक्षाप्रणालीको ब्याकअप भनेको संकटका वा अन्य समय डिजिटल सिकाईका लागि शैक्षिक प्रविधि र इन्टरनेटमा समान पहुँच नै हो । यसको समुचित ब्यबस्था गर्न सकियो भने मात्रै सबैका लागि शिक्षा भन्ने नाराले मूर्तरूप पाउने हो । कोरोनासंकटले हाम्रो शिक्षाप्रणाली कतिको प्रभावकारी छ भन्ने त देखाइसकेको छ । हुनेखाने विद्यार्थीले भन्दा पनि गरीब र पछाडी परेका वा पारिएका विद्यार्थीहरुले यस्तो संकटमा अझै सास्ती भोग्नुपर्ने भएकाले नेपालका सम्बन्धित निकायहरुले वैकल्पिक शिक्षाप्रणालीको विकासमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
एडिएचडि र विशेष आवश्यकता भएका विद्यार्थीका लागि वैकल्पिक शिक्षाप्रणालीले पनि काम गर्नसक्दैन । किनकि यस्ता आवश्यकता भएका विद्यार्थीहरुले अनलाइन कक्षामा ध्यानकेन्द्रित गर्न गारो हुन्छ । व्यक्ति केन्द्रित योजनाको आवश्यकता पर्ने भएकाले यो पक्षलाई कसरी वैकल्पिक शैक्षिक प्रणालीमा समेट्ने भन्ने कुरो त्यत्तिकै आवश्यक हुन्छ ।आशा छ नेपालले यो कोरोनासंकटबाट आफ्नो शिक्षाप्रणालीलाई आमूलरुपमा परिवर्तन गर्न धेरै कुराहरु सिकेर व्यबहारमा लागु गर्नेछ ।
मदन नाथ -रजिस्टर्ड सोसल वर्कर, क्यानाडा
(नाथ, शैक्षिक जनशक्ति विकास केन्द्रका पूर्वप्रशिक्षक हुन्)