Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले  आफ्ना २५ सदस्य राष्ट्रको लागि आकस्मिक ऋण राहत स्वीकृत गरेको छ।

नेपालसहित कम आयस्रोत भएका गरिब मुलुकहरुलाई तत्काल सहायता स्वरुप उपलब्ध गराउन खोलिएको कोष सीसीआरटीमार्फत सहायता उपलब्ध गराइने भएको छ ।

पहिलो चरणमा यस्तो सहायता ६ महिनासम्मका लागि घोषणा गरिएको आईएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालीना जर्जियवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले विज्ञप्तिमा भनेकी छिन्, ‘यसअनुसार अत्यन्त गरिब र सहयोग अत्यावश्यक देखिएका हाम्रा २५ सदस्य राष्ट्रलाई अनुदानस्वरुप सहयोग दिन लागिएको हो।’ यसले ती राष्ट्रको आईएमएफको ऋण अर्को छ महिनासम्मको लागि कभर गर्नेछ। यसबाहेक अन्य राहत र स्वास्थ्य सामग्री पनि यही सहयोगअन्तर्गत प्राप्त हुने आईएमएफले जनाएको छ।

यो कोषअन्तर्गत ५० करोड अमेरिकी डलर उपलब्ध हुनेछ।  यस किसिमको सहयोगको लागि भर्खरै बेलायतले प्रतिबद्धता जनाएको साढे १८ करोड डलर र जापानले प्रतिबद्धता जनाएको १० करोड डलर पनि यसअन्तर्गत पर्ने आईएमएफको भनाइ छ। चीन, नेदरल्यान्ड लगायतले पनि आईएमएफसँग सहयोगको प्रतिबद्धता जनाएका छन्।

आईएमएफले सहयोगका लागि अपिल समेत गरेको छ। सोमबार स्वीकृत सहयोग पाउने २५ देशमा नेपालसहित अफगानिस्तान, बेनिन, बुर्किनाफासो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, कोमोरस, कंगो, डीआर, द गाम्बिया, गिनी, गिनी बासु, हैटी, लाइबेरिया, माडागास्कार, मालावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोम, प्रिन्साइप, सिएरा लिओन, सोलमन आइल्यान्ड, ताजिकिस्तान, टोगो र यमन छन्।

आइएफएफले कमजोर अर्थतन्त्र भएका गरिब मुलुकका लागि यस्तो सहुलियत सुविधा ल्याएको हो । जसमा नेपालसहित अफगानिस्तान मात्र अन्य महादेशबाट परेका छन् । अरु अधिकांश मुलुक अफ्रिकी हुन् ।

तपाईको प्रतिक्रिया