Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको आजबाट स्वास्थ्य परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोेना पुष्टि भएपछि निजहरुको सम्पर्कमा आएका व्यक्तिको तथ्य संकलन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । लण्डनबाट चैत ४ गते आएका एकै परिवारका ३ जनामा कोभिड १९ को आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।

त्यसैगरी पीसीआर विधिबाट पनि परीक्षण गर्दा ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो । बाँकी एक जनाको भने पुनस् पीसीआर परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अपार्टमेन्टमा बस्ने २ जनामा पीसीआर परीक्षणबाटै कोरोना पुष्टि भएपछि उक्त अपार्टमेन्ट अहिले सिल गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा ३ जना रिपोर्ट पोजिटिभ आएको हो । पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ ।

तपाईको प्रतिक्रिया