Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – नेपाली कीर्तिमानी पाैडीबाज गौरिका सिंहले आफ्नाे बाबु (पिता) कोरोना संक्रमण भएरपनि निको भएको बताएकी छन् । र आफु पनि दुई साता लामो क्वारेन्टाइन बसाई सकाएको जानकारी दिएकी छिन् ।

गौरिकाकी बाबु पारस सिंह बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत डाक्टर हुन् । उनका चिकित्सक बुबा पारस सिंहलाई कोरोना भाइरसको संक्रमण भएपछि घरमा त्रास फैलिएको थियो ।

नयाँ वर्षकाे शुभकामना दिँदै गौरिकाले  भनेकी छन् -‘मेरो बाबुलाई २ साता अघि कोरोना भाइरसको लक्षण देखिएको थियो । तर अहिले निकाे हुनुभयाे ।’

गौरिकाले बाबु क्वारेन्टाइनमा रहेको बेला आफुलाई अत्यान्तै पीडा भएको तर अहिले निको भएको खबरले खुसी भएको प्रतिकृया दिएकी छन् ।

गौरिका परिवारसहित बेलायतमा रहँदै आएकी छिन् ।

बेलायतमा मंगलबार बिहानसम्म ८८ हजार ६२१ जना कोरोना संक्रमित छन् ।

तीमध्ये ११ हजार ३२९ जनाको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया