Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ हजार नाघेको छ । स्पेन सरकारले सार्वजनिक गरेको आँकडा अनुसार पछिल्लो २४ घण्टामा ५१७ जनाको मृत्यु भएको हो ।

यस अघि आइतबार ६१९ जनाको मृत्यु भएको थियो । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार ४८९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै स्पेनमा पछिल्लो २४ घण्टामा ३ हजार ४७७ जना संक्रमित भएका छन् ।

योसँगै अहिलेसम्म स्पेनमा एक लाख ६९ हजार ४९६ संक्रमित भएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म ६४ हजार ७२७ जना ठिक भएका छन् । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ९८० पुगेको छ । त्यस्तै विश्वभर संक्रमितको संख्या १८ लाख ६१ हजार ६६७ पुगेको छ । त्यस्तै विश्वभर ठिक हुनेको संख्या ४ लाख ३१ हजार ५३२ पुगेको छ ।

तपाईको प्रतिक्रिया