Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – ठूलो संघर्षपछि कोरोना (कोभिड-१९) भाइरस संक्रमणलाई जितेको छिमेकी देश चीनमा फेरि कोरोनाका एक सय भन्दा बढी संक्रमित थपिएका छन् ।

बल्लतल्ल कोरोनाविरुद्धको लडाई जितेको चीनमा गएको २४ घण्टामा १०८ नयाँ कोरोना संक्रमित थपिएपछि चिन्ता बढाएको छ । पाँच हप्तापछि चीनमा फेरि सयभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित आधाभन्दा बढी मानिसहरु उत्तरी प्रान्त हेलोङजियाङको भएको जनाइएको छ । यस प्रान्त रुसको सीमासँग जोडिएको छ । चीनले अन्तर्राष्ट्रियस्तरमा भ्रमण प्रतिबन्ध लगाएको छ यद्यपी त्यहाँ कोरोनाको प्रभाव समाप्त भइसकेको छैन ।

तर विश्वभर कोरोनाको प्रभाव बढ्दै जाँदा चीनमा कोरोना संक्रमित र मृतकको संख्यामा कमी देखिएको छ । हाल चीनमा ८२ हजार १६० कोरोना संक्रमित छन् । त्यहाँ ३३ सय ४१ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया