Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट  १७ लाख ७९ हजार जना मानिस संक्रमित भएका छन् । गएको २४ घन्टामा ५३ सय ९६ जनाले गुमाएका छन्।

आज   बिसोमबार बिहानसम्मको तथ्यांक अनुसार १ लाख १४ हजार १ सय ७५ को ज्यान गएको छ । त्यस्तै वल्र्डओमिटरका अनुसार संक्रमितको संख्या १८ लाख ५१ हजार ५ सय ७८ पुगेको छ ।

यसैबीच ४ लाख २२ हजार ८ सय ८९ जना  निको भएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै मृत्यु र संक्रमण अमेरिकामा भएको छ।

भारतमा आइतबार एकै दिन कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ। चीनमा भने आइतबार कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएनन्।

जापानमा अहिलेसम्म डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या ८१११ जना पुगेको छ ।

त्यस्तै  आइतबार बिहानसम्ममा कोरोना भाइरसको कारणले १३७ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित १४९ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया