Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुको नमुना हेटौंडाको कोरोना प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणको नतिजालाई टेकुको प्रयोगशालाले पनि पुष्टि गरेपछि स्वास्थ्यमन्त्रालयले थप तीन जनामा कोरोनाभाइरस सङ्क्रमण भेटिएको औपचारिक जानकारी दिएको हो । वीरगञ्जको छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा तीमध्ये तीनजनामा कोभिड-१९ भेटिएको हो ।

उनीहरू ३७, ५५ र ४४ वर्षका पुरुषहरू भएको बताइएको छ । उनीहरू तीनै जना भारतीय नागरिक भएको नारायणी अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनीहरूलाई शुक्रवारदेखि आइसोलेसनमा राखिएको छ । उनीहरूको संसर्गमा आएका तथा उनीहरू गएको स्थान पहिचान गरि परीक्षण गर्ने कार्यहरू भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया