Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – खाना भोक मेटाउन खाना खाइन्छ । खानाको सम्बन्ध शरीर, मन, मस्तिष्क, स्वभाव, सभ्याता र स्तरसँग जोडिएको हुन्छ ।

खाना भनेको शरीरको लागि आवश्यक पर्ने तत्वको स्रोत हो । त्यसैले खाना खाने भनेको शारीरिक र मानसिक समृद्धिको क्रियाकलाप हो । त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । जस्तो खाना खायो व्यक्तिको जीवन त्यस्तै बन्छ । स्वस्थ रहन स्वस्थ खानपानमात्र भएर पनि हुँदैन त्यस खानालाई खाने सहि समय पनि हुन जरुरी हुन्छ ।

एउटा लोक उक्ति छ ‘बिहानको खाना राजा समान, दिउँसोको रोगी र रातीको जोगी समान’ । यसको अर्थ हो, बिहानको खाना ‘हेभी’ खानुपर्छ राजाको जस्तै । यसले दिनभरीलाई उर्जा दिन्छ । बिहानदेखी हामीले खानाको मात्रा क्रमशः घटाउदै लैजानुपर्छ ।

त्यस्तै बेलुकी धेरै ढिलो खाना (डिनर) खानाले हाम्रो शरिरमा फाइदाको सट्टा नोक्सान पुर्याउँछ । बेलुकाको खाना विष समान हुन्छ । हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ । खाना खाने बित्तिकै सुत्नु हुदैन । खाना खाएपछि केही समय हिडँडुल गर्नुपर्छ । र रातको समयमा थोरै खानुपर्छ । थोरै खानेकुरा सेवन गर्दा आरोग्य, आयु, बल, सुख, सुन्दरता बढ्छ ।

हाम्रो पाचन यन्त्र सूर्योदयको दुई घण्टापछि बढी सक्रिय र प्रबल हुन्छ भने साँझ सूर्योअस्त अघिसम्म यो अवस्था रहन्छ । त्यसैले यही समय अवधिमा खानेकुरा सेवन गर्नु शरीरका लागि बढी लाभदायक हुन्छ ।

भानिन्छ “बिहानको खाना तिमी खानु, मध्यान्हको साथीसँग बाढेर खानु र रातको खाना शत्रुलाई दिनु”

तपाईको प्रतिक्रिया