Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ दिन यता कोरोना संक्रमित नभेटिएको जनाएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमित नभेटिएको बताएका हुन् । उनले कोरोना प्रभावित सुदूरपश्चिमका जिल्लाका पाँच सय नमूना परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएको बताए ।

हालसम्म ३ हजार ५२४ जनाको परीक्षण भएको उनले जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौंमा ४०१ र काठमाडौंबाहिर २२९ गरी ६३० जनाको कोरोना परीक्षण भएको छ ।

कोरोना प्रभावित जिल्ला कैलालीमा ३३९ जनाको, कञ्चनपुरमा १३७ जनाको, बाग्लुङमा १९ जनाको र कपिलवस्तुमा २१ जनाको परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको देवकोटाले बताए। ८ सय बढीको परीक्षण प्रक्रियामा रहेको उनले बताए ।

डडेल्धुरा र डोटीमा करिब ६ सय जनाको नमूना संकलन भएको छ। र्‍यापिड डायगोनिस्टिक टेष्ट (आरटिडी) विभिन्न जिल्लामा कोभिड-१९ को परीक्षणको भइरहेको छ । अहिले हरेक प्रदेशलाई पाँच हजारको दरले आरडीटी किट वितरण गरिएको छ ।

यस्तै, विराटनगरमा समेत कोरोना परीक्षण सुरु भएको छ । कोशी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशालामा परीक्षण सुरु भएको देवकोटाले बताए ।

तपाईको प्रतिक्रिया