Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सबैभन्दा कम उमेरका कोरोना भाइरस संक्रमित निको भएका छन् । इटालीका कोरोना संक्रमित दुई महिने शिशु निको भएका हुन् ।

संक्रमण देखिएपछि बच्चा र आमा दुवै बारी शहरको एक अस्पतालमा मार्च १८ गते भर्ना भएका थिए । इटालीका मिडियाले अहिले बच्चाको स्वास्थ्य ठिक रहेको र ज्वरो नभएको जनाएका छन् ।

फरवरी २१ मा कोरोना भाइरसको महामारी सुरु भएयता इटालीमा हालसम्म १८ हजार २ सय ७९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ। कोरोना भाइरसबाट ज्यान गुमाउने मुलुकमा इटाली पहिलो नम्बरमा रहेको छ ।

त्यहाँ हालसम्म १ लाख ४३ हजार ६ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित संख्यामा इटाली अमेरिका र स्पेनपछि तेश्रो नम्बरमा रहेको छ ।

तपाईको प्रतिक्रिया