Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न सेनाले पाँच मुलुक छनोट गरेर परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको छ । नेपालले चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्र पठाएको हो ।

सेनाले नेपालमा रहेका विदेशी राजदूतावासका सैनिक सहचारी र नेपालको विदेशस्थित दूतावासमा रहेका आफ्ना सैनिक सहचारीमार्फत स्वास्थ्य सामग्रीको अवस्थाबारे जानकारी लिएको थियो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले नेपालको आवश्यकता र ती मुलुकमा पाइने स्वास्थ्य सामग्री हेरेर पत्र पठाइएको जानकारी दिए ।

सरकारले सेनालाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सरकार-सरकार (जीटुजी) प्रक्रियामार्फत खरिद गरेर ल्याउन निर्देशन दिएको थियो । सेनाले कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रले तयार पारेको सूचीका आधारमा औषधि खरिद प्रक्रिया अघि बढाएको हो । ‘हामीले परराष्ट्रलाई हिजो नै पत्र पठाइसकेका छौं । परराष्ट्रले पत्र सम्बन्धित मुलुकमा पठाउँछ,’ प्रवक्ता पाण्डेले भने ।

तपाईको प्रतिक्रिया