Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरसबाट संक्रमित भएर उपचाररत पाँचै जना बिरामीको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाबाट संक्रमित पाँचै जनाको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका हुन् । ‘कोरोनाबाट संक्रमित पाँच जनाकै स्वास्थ्य सामान्य छ,’ उनले भने ।

कोरोनाबाट संक्रमितमध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दुई जनाको बागलुङ र एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया