Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएका तीन महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ।

फ्रान्सबाट कतार हुँदै सोही विमानमा नेपाल आएकी एक युवतीमा चैत १० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो, त्यसको पाँच दिनपछि अर्थात चैत १५ गते बागलुङकी अर्की १९ वर्षीया युवतीमा पनि कोरोना संक्रमण भेटिएको थियो। बिहीबार सोही विमानमा आएकी अर्की  ६५ वर्षीया वृद्धा महिलाको रिपोर्ट पोजेटिभ भेटिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। यसअघि चीनबाट आएका एक युवामा पहिलाे पटक कोरोनाको संक्रमण देखिएको थियो। उनी स्वस्थ भएर घर फर्केका छन्।

तेस्रो र चौथो संक्रमित चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ मा काठमाडौँ आएका थिए। तीमध्ये धादिङका युवामा चैत १२ गते र अर्का धनगढीका युवामा चैत १४ गते कोरोना संक्रमण पोजेटिभ भेटिएको थियो।

धादिङका युवाको टेकु अस्पताल र धनगढीका युवाको सेती प्रदेशिक अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ।

त्यस्तै दोस्रो, पाँचौ र छैटौँ गरी तीन महिला भने कतार एयरवेजको क्युआर ६५२ विमान आएका थिए।

यसअघि संक्रमित देखिएका दुई युवतीमध्ये एकको टेकु र अर्कीको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया