Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – धौलागिरि अञ्चल अस्पतालमा उपचारमा रहेकी कोरोना भाइरस संक्रमित युवतीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

चिकित्सकहरुका अनुसार आइसोलेसनमा उपचाररत बाग्लुङकी ती युवतीको स्वास्थ्यमा राम्रो सुधार आएको हो । उनले आइसोलेसनमा रहेदेखि खाना खान मन गरेकी थिइनन् । तर सोमबार राम्रोसँग खाना खाएको र मनोबल पनि बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

स्वास्थ्यमा सुधार आएसँगै उनको दोस्रो चरणको कोरोना परीक्षण हुने छ, परीक्षणका लागि सोमबार नै किशारीको स्वाब निकालिएको डा. पोखरेलले बताए । २२ वर्षीया ती युवतीलाई गएको शनिबार कोरोना संक्रमण पुष्टी भएको थियो ।

उनी ४ चैतमा फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको जहाजमार्फत नेपाल आएकी थिइन् । उनी कठमाडौँबाट जहाजमा पोखरा र त्यहाँबाट स्कार्पिओमा घर पगेकी थिइन् ।

तपाईको प्रतिक्रिया