Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – जापानमा एकै दिनमा सर्वाधिक धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको छ।

यसैबीच जापानले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको छ ।

विश्वभर कोरोना भाइरसको महामारी बढ्दै गएपछि आफ्नो सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको हो ।

जापानले आफ्नो मुलुकमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरियासहित अधिकांश यूरोपेली मुलुकबाट आउने गैर–जापानी नागरिकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ भने आफ्ना नागरिकहरुलाई विभिन्न ७३ मुलुकको भ्रमण रद्द गर्न आग्रह गरेको छ ।

यसअघि नै चिनियाँ र दक्षिण कोरियाली नागरिकलाई जापान आउन निषेध गरिएको थियो ।

सरकारले बाहिरबाट आउने जापानी नागरिकलाई भने मुलुकमा १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको बीबीसीले जनाएको छ । अहिलेसम्म जापानमा कोरोना भाइरसबाट १ हजार ९५३ जना संक्रमित भएका छन् भने ५६ जनाको ज्यान गइसकेको छ ।

 

तपाईको प्रतिक्रिया