Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – दुई सातामा कोरोना भाइरसको महामारी ‘उच्च विन्दुमा पुग्दा’ त्यो संग जुध्न अमेरिका तयारी अवस्थामा हुने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
त्यसबेला सम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने उनको दाबी छ।

ह्वाइटहाउसमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने- ‘अहिले हामीकहाँ कम्तीमा १० कम्पनीहरूले भेन्टिलेटरहरू बनाइरहेका छन्।’
ट्रम्पका अनुसार अहिलेसम्म आठ हजार एक सय भेन्टिलेटरहरू निर्माण गरेर पठाइसकिएको छ।

‘मिसिगनमा थप चार सय, न्यूजर्सीमा तीन सय, इलिनोइ र लुजिआना प्रत्येकमा १ सय ५० र कनेटिकटमा ५० को संख्यामा भेन्टिलेटर पठाइनेछ ।’

एक दिनअघि भने ट्रम्पले गभर्नरहरूलाई महत्वपूर्ण स्वास्थ्य उपकरणहरू लुकाएर राखेको आरोप लगाएका थिए। ट्रम्पले भने – ‘केही राज्यहरूले आफूहरूलाई चाहिनेभन्दा बढी सामग्री थुपारेर राखेका छन्।’

भाइरसले फोक्सोमा असर गर्दै श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू सिर्जना गर्ने भएकाले त्यस्तो बेला बिरामीका लागि भेन्टिलेटर अत्यावश्यक मानिन्छ।
राष्ट्रपति ट्रम्पले अमेरिकालाई चाहिनेभन्दा बढी उत्पादन भएपछि त्यस्ता उपकरणहरू देशबाहिर पठाउने आफ्नो योजना समेत सुनाए। सामग्री पठाइने देशमा उनले उच्च प्रभावित इटली, फ्रान्स र स्पेनको नाम लिएका थिए।

इटलीका हकमा भने उनले १० करोड डलर बराबरका ‘सर्जिकल र मेडिकल’ सामग्री पठाइने बताएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदा तीस दिनलाई निकै महत्वपूर्ण भन्दै सामाजिक दूरी कायम राखेर दश लाखभन्दा बढी अमेरिकीको जीवन बचाउन सकिने बताएका छन्।
उनले अहिलेसम्म अमेरिकामा १० लाख भन्दा बढीमा भाइरस जाँच गरिएको भन्दै त्यो अन्य कुनै पनि देशमा भन्दा बढी रहेको दाबी गरे।
तर पत्रकारहरूले उनलाई प्रतिव्यक्ति जाँचमा अमेरिका किन दक्षिण कोरियाभन्दा पछाडि रह्यो भनेर सोधेका थिए। जबाफमा ट्रम्पले भने आफ्नो प्रशासनले गरेको प्रगतिका लागि आफूलाई बधाई दिनुपर्ने बताए।

अमेरिकामा रहेको मास्कको अभावबारे बोल्दै ट्रम्पले एउटा मास्कलाई २० पटकसम्म किटाणुमुक्त पारेर प्रयोग गर्न सकिने भन्दै त्यसका लागि आवश्यक उपकरणहरू मुख्य-मुख्य केन्द्रमा पठाइने बताए।

पत्रकार सम्मेलनमा ट्रम्पले एक प्रयोगशाला कम्पनीले तयार पारेको ‘पाँच मिनेटमै जाँच’ गर्न सकिने किट देखाउँदै त्यसले दिने नतिजा निकै विश्वसनीय रहेको जनाए।

यसअघि अमेरिकी नौसेनाको अस्पतालको रूपमा प्रयोग गर्न सकिने एउटा पानीजहाज देशको सबैभन्दा बढी प्रभावित न्यूयोर्क आइपुगेको छ।
एक हजार शैय्या भएको पानीजहाजमा कोभिड १९ को उपचार भने हुनेछैन। तर त्यसले न्यूयोर्कका अस्पतालमा रहेका अन्य बिरामीको चापलाई कम गर्न सघाउनेछ।

न्यूयोर्कमा ६० हजार बढी सङ्क्रमित छन् र अहिलेसम्म १२ सयले ज्यान गुमाइसकेका छन्। अमेरिका भरिमा १ लाख ६० हजार सङ्क्रमित भइसकेका छन्। एजेन्सी ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया