Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – साताको अन्तिम दिन आज सुनको मुल्यमा उच्च वृद्धि भएको छ  । आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर ८२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

छापावाल सुन हिजो बिहीबार तोलाको ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ तोलाको ८२ हजार २ सय रुपैयाँ पुगेको जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ८ सय ९० पुगेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । छापावाला सुन बुधबार तोलाको ८० हजार ५ सयमा कारोबार भएको थियो भने मंगलबार ७८ हजार ३ सयमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया