Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – आइएमई ग्रुपले प्रवद्र्धन गर्दै आएको आइएमई पे एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै ५० को बोनस खायो’ भन्ने योजना सार्वजनिक गरेको छ । योजना अनुसार  जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’मोबाइल वालेटमा पैसा पठाउन सकिने छ ।

यो योजना आइएमई पे एपका प्रयोगकर्तालाई लक्षित गर्दै सन् २०२० को फेबुअरी २२ देखि अगष्ट २२ सम्म ६ महिनाको अवधिसम्म रहनेछ । आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलका अनुसार एप प्रयोगकर्ताले अब सजिलै जापानको क्योदाईबाट नेपालको आइएमई पे मोवाइल वालेटमा पैसा पठाउन सक्नेछन् ।

योजना अवधिभर नेपालका आइएमई पे को प्रयोगकर्ताले तीन पटकसम्म निःशुल्क सेवामा पैसा पठाउन पाउँनेछन् ।  एपको प्रयोगकर्ताले चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने, मोबाइल खाताबाट ब्याजसमेत पाइने पौडेल बताउँछन् ।

उक्त एपको प्रयोगमार्फत व्यक्ति-व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर देखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोवाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने सुविधा रहेको छ ।

तपाईको प्रतिक्रिया