Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं –  एसीसी इस्टर्न रीजन टी-ट्वान्टी क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्याण्डमाथि ९ विकेटको जित निकालेकाे हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल साेमबार भएको खेलमा हङकङसँग पराजित भएको थियो । पहिले व्याटिङको रोजेको थाइल्याण्डले नेपाल सामू जितका लागि ६७ रनको विजयी लक्ष्य दिएको थियो । साे लक्ष्य नेपालले ५ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई विजयी गराउने क्रममा ओपनर कुशल मल्ल नटआउट ३६ रन बनाए भने पवन शर्राफले अविजित रहँदै २७ रन बनाए । नेपालका लागि पारस खड्काले ९ रनको याेगदान दिएका थिए । थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो ।

थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ विकेट लिए भने अविनास बोहोराले २ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र भुवन कार्कीले समान १/१ विकेट हात पारे ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो । कम बलमा विपक्षीले दिएको लक्ष्य पुरा गर्दै नेपालले कीर्तिमानी जित निकालेको हो ।

तपाईको प्रतिक्रिया