Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – लाजिम्पाटस्थित पबी ज्वेलरीबाट ठूलो परिमाणमा तयारी गहना र नगद चोरी भएको छ । ८५ लाख ७३ हजार बराबरका सुनचाँदीका गहना र २ लाख ४५ हजार नगद चोरी भएको ज्वेलरी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् ।

पसलबाट चोरी भएको गहनामा ९८.६८१ तोलाका सुन र ४ सय ३४.२६२ तोला चाँदीका छन् । उक्त ज्वेलरी गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भई काठमाडौं मनपा-५ हाँडीगाँउ बस्ने दिलिपकुमार श्रेष्ठको हो ।

मुख्य सडकसँगै रहेको ज्वेलरीमा चोरी नियोजित तवरले तयारी गरेर गरिएको हुनसक्ने प्रहरीको शंका छ । यस्तै प्रकृतिका अन्य घटनासँग जोडेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया