काठमाडौं – धर्तीमा लुकेका अनगिन्ती रहस्यहरु खेज्नका लागि वैज्ञानिकहरु रातदिन परिरहेका हुन्छन् । वैज्ञानिकहरुले बिभिन्न कुराहरुमा सफलता प्राप्त गरेका पनि छन् । भर्खरै मात्र वैज्ञानिकहरुले आकाशमा एक नयाँ चन्द्रमा फेला पारेका छन् । उक्त चन्द्रमा अर्काे भईरहेको चन्द्रमा भन्दा केहि सानो रहेको वैज्ञानिकहरुले बताएका छन् ।
भर्खरै मात्र फेला परेको चन्द्रमालाई वैज्ञानिकहरुले मिनी मुन नामाकरण गरेका छन् । अमेरिकाको संस्था क्याटालिना स्काई सर्वेले अन्तरिक्षमा एक छोटो बस्तु भएको दाबी गरेको छ । संस्थाका अनुसार उक्त चन्द्रमा तीन वर्ष यता पृथ्वीको गुरुत्वाकर्षणसँग जोडिएको छ । यो चन्द्रमा सानो भए पनि बास्तविक चन्द्रमा जस्तै भएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।
यो चन्द्रमा धेरै चम्किलो रहेको छ । क्याटलिना स्काई सर्वेका खगोविद क्यास्पर विकोर्जले उक्त कुराको जानकारी दिँदै ट्वीटरमा पोस्ट गरेका थिए । यस खोजमा उनीसँग टेडी पुर्याउने पनि थिए । उनीहरु दुबैले मिलेर २० औँ म्याग्नीट्युड अब्जेक्ट खोजेका हुन् । खगोविदका अनुसार नयाँ मिनीमुनको अर्बिट स्थिर रहेको छ ।
वास्तविक चन्द्रमा कुरा गर्ने हो भने, उसको उत्पत्ति ४.५ अर्ब वर्ष पहिला पृथ्वीसँग भएको एक टक्करबाट भएको थियो । चन्द्रमा एक उपग्रह हो, जसले पृथ्वीको चारैतिर चक्कर लगाउँदछ । पृथ्वीको तुलनामा गुरुत्वाकर्षण कम छ त्यसैले चन्द्रमामा मानिसको तौल कम हुँदै जाने गर्दछ । यो सौर्यमण्डलको ५ औँ विशाल प्राकृतिक उपग्रह हो ।