Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीच भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको छ । शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको  मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मलेसियाले दिएको लक्ष्यलाई नेपालले पूरा गर्न सकेन । नेपालले १९.५ ओभरमा अलआउट हुँदै १३२ रनमा मात्र सीमित भयो । ओपनरको रूपमा क्रिजमा कुशल मल्ल र ज्ञानेन्द्र मल्ल उत्रिएका थिए । कुशल मल्लको शून्य रनमा क्याच आउट भए भने ज्ञानेन्द्र मल्ल ३८ रन ३ चौका १ छक्का प्रहार गर्दै आउट भए । मलेसियाका पवनदीप सिंहले फालेका बललाई शेदअजिज क्याच गरेका थिए ।

त्यस्तै,  पारस खड्का ९ रन  १ चौका बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरी ३८ रनमा १ चौका, पवन सरार्फ १९ रनमा १ चौका १ छक्का र आरिफ शेख ५ रनमा  १ चौका बनाएर आउट भए । करण केसी पनि २ रनमात्र बनाएर आउट भए । विनोद भण्डारी ७ रन बनाएर आउट भए ।

तपाईको प्रतिक्रिया