Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – नयाँ कोरोनाभाइरसको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ।

त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्कालीन अवस्थामा चाहिँ निस्किन दिइनेछ।

त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ।

‘हाउजिङ्’हरूको एउटा प्रवेशद्वारा खुला राखिनेछ।

त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ।

औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवाबाहेकका सबै कारोबार बन्द रहनेछन्।

अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारहरूलाई चाहिँ गुड्न छुट दिइनेछ।

तपाईको प्रतिक्रिया