Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोना भाइरसको नयाँ संक्रमित र मृत्युदर घटेको चीनले दावी गरेको छ । चीन सरकारले रोग नियन्त्रण र सवाधानीमा गरेको प्रयासको नजिता देखाउन थालेको बताउँदै यस्तो दावी गरेको हो ।

चीनले लगातार तेस्रो दिन गिरावट आएको चीनले बताएको छ । सरकारी तथ्यांक अहिलेसम्म चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ हजार नाघेको छ भने मृतकको संख्या एक हजार ६६५ पुगेको छ । चीन बाहिर करिब ३० देशमा ५०० संक्रमित भेटिएका छन् भने चार जनाको मृत्यु भएको छ । फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एकएक जनाको मृत्यु भएको छ ।

चीनको नेशनल हेल्थ कमिसनका प्रवक्ता मि फाङले भने, ‘कोरोना भाइरसको प्रसार रोक्न चीनले जुन उपाय अपनाएको छ, त्यसको प्रभाव देखिन थालेको छ ।’ आइतबार अधिकारीहरुले २ हजार ९ जना संक्रमित थपिएको र थप एक सय ४२ जनाको मृत्यू भएको तथ्यांक प्रस्तुत गरे । तर, यसअघि कति थियो र कति अनुपातमा घट्यो भन्ने चाहिा स्पष्ट गरिएको छैन । गणनाविधिमा परिवर्तन पनि संक्रमित र मृतक संख्या ह्वात्तै बढेको देखिएको थियो तर अहिले घटेको छ ।

गत शनिबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि चीनले प्रकोप नियन्त्रणमा चालेको कदमको सह्राहना गरेको छ । चीनमा अहिले पनि लाखौं जनसंख्यालाई उच्च निगरानीमा राखिएको छ । उनीहरुलाई निर्वाध हिडडुल गर्न अनुमति दिइएको छैन । चीनका विदेशमन्त्री वाङ यीले हुबेईभित्र संक्रमितको संख्या घट्नुका साथै सन्चो भएका बिरामीको संख्या बढेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया