आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – मकवानपुरको राक्सिराङ गाउँपालिकामा ६० बिघा १० कठ्ठामा लगाइएका गाँजा र ५० बिघा ६ कठ्ठामा लगाइएका अफिम प्रहरीले फँडानी गरेको छ।

पुस १६ देखि १९ सम्म प्रहरीले चलाएको अभियानका क्रममा गाँजा र अफिम खेती नष्ट गरेकाे हाे।

गाँजा फँडानीमा जिल्ला प्रहरी कार्यालयबाट झण्डै ८० जनाको टोली खटिएको थियो।

मकवानपुरको राक्सीराङ गाँउपालीकाको ज्यामुङ, डन्डुटार, सुनारी, सौराहा, सानो भावर, रानीवाङ, माकदमार, देवीटार, काकडा, ठूलोभावर, सिम्किम, बटार, पाङबुङ लगायतका ठाउँका किसानले लगाएको गाँजा र अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ।

गाँजा फडानी अभियानलाई निरन्तर अघि वढाइने प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया