Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

टोकियो – टोकियोमा एक जना नेपाली युवाको निधन भएको छ ।

अध्ययनका लागि जापान आएका डडेलधुरा भद्रपुर-५ घर भई हाल काठमाडौं निवासी २५ वर्षिय सुरज मल्लको गत आइतवार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार टोकियोको इकेबुकुरोमा बस्दै आएका मल्लको नेक्रोटाइजिंग एन्टरोकोलाइटिस (Necrotizing Enterocolitis) का कारण मृत्यु भएको बताईएको छ । विरलै सुनिने यस रोग लागेमा आन्द्रामा समस्या उत्पन्न भई पाचन प्रणाली एवं रक्तसंचारमा गडबडी हुन जाने र हृदयघात पनि हुन सक्ने खतरा रहने बताईन्छ ।

नोवेम्वर ३० को राति उनलाई सास फेर्न असजिलो भएपछि इताबासीस्थित निहोन युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको र उपचारकैक्रममा आइतवार बिहान करीव ११ बजे तिर उनको निधन भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले नेपाली राजदूतावासमार्फत नेपालमा परिवारमा खबर गरिसकेको र संभव भएसम्म स्व. मल्लका पिता आफै जापान आएर अन्त्येष्टि गर्ने तैयारी भईरहेको बुझिएको छ । स्व. मल्लले आगामी एक वर्षका लागि कलेजलाई तिरेको शुल्क फिर्ता गर्ने प्रक्रिया पनि अगाडि बढाईएको बुझिएको छ ।***

तपाईको प्रतिक्रिया