Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरहरा सञ्चालनमा आएको तीन महिना नपुग्दै बन्द भएको छ। सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरका अनुसार लिफ्ट बिग्रिएपछि धरहरा अनिश्चितकालका लागि बन्द गरिएको हो।

२०७२ सालको भूकम्पले धरहरा ढलेपछि २०७५ सालमा निर्माण थालिएको थियो। निर्माण सुरु भएको करिब छ वर्षपछि पनि पूर्णरूपमा सम्पन्न नभएको धरहरालाई असोज ३ गते संविधान दिवसका अवसरमा परीक्षणका लागि खुला गरिएको थियो। सुरुवाती चरणमा दैनिक ६०० जनालाई अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर धरहरा चढ्न दिने व्यवस्था गरिएको थियो। सार्वजनिक बिदा र बुधबार बाहेकका दिन धरहरा खुला गरिएको र पछि चढ्न पाउने व्यक्तिको सङ्ख्या एक हजार ५० सम्म पुर्‍याएको थियो ।

हालसम्म २५,७४२ जनाले धरहरा चढेको तथ्यांक रहेको छ। परीक्षणका लागि खुलेको केही समयमै लिफ्ट बिग्रिएपछि बन्द गरिएपछि पर्यटकहरूले केही समय पर्खनु पर्ने भएको छ।

तपाईको प्रतिक्रिया