Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दोस्रो चरणको आन्दोलनको घोषणा गर्न आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

यसअघि, कार्तिक २८ मा तय गरिएको पत्रकार सम्मेलन स्थगित भएपछि रास्वपाले आजको मिति तय गरेको हो। पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेको अवस्थामा रास्वपाले यो घोषणा गर्न लागेको हो।

रास्वपाले लामिछानेमाथि भएको कारबाहीलाई सत्तारूढ दलहरूको षड्यन्त्रको रूपमा लिएको छ। पार्टीले लामिछानेको गिरफ्तारीलाई जनसमर्थन र प्रभाव कम गर्न गरिएको राज्यको प्रतिशोधपूर्ण कदम भन्दै विरोध जनाउँदै आएको छ। यसअघि पनि पार्टीले लामिछानेको रिहाइका लागि विरोध प्रदर्शन गरेका थिए। रास्वपाको आजको पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रमहरूबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया