काठमाडाैं – सामान्यतया इलेक्ट्रिक कारलाई चार्ज गर्न ८ देखि १० घण्टा लाग्छ । तर अब यति लामो समय चार्जकै लागि कुर्नु नपर्ने भएको छ । जम्मा १० मिनेटमै ब्याट्री फूल चार्ज हुने गरी एक कम्पनीले ब्याट्री उत्पादन गरिरहेको छ ।
अमेरिकी पेन स्टेट यूनिर्भसिटीका युवा इन्जिनियरहरुले इलेक्ट्रिक कारको चार्जिङ समय अत्यन्त न्यून गर्न सकिने व्याट्रीको परीक्षण गरिरहेको छ । त्यसको लागि लिथियम आयोन व्याट्रीमा विषेश परिमार्जन भइरहेको बताइएको छ ।
उनीहरुका अनुसार १० मिनेट कार चार्जगर्दा करिब ३०० किलोमिटर आरामसँग यात्रा गर्न सकिने छ । इन्जिनियरहरुका अनुसार १० मिनेटमा ब्याट्री चार्जगर्दा कारमा रहेको व्याट्री ६० डिग्री (१४० फरेनहाईट) सम्म तातो हुनेछ । यसमा सवारीसाधन निर्माता कम्पनीले जति छिटो व्याट्री तातो हुन्छ सोही रफ्तारमा चार्जिङ पुराभएपछि व्याट्री चिसो बनाउने प्रविधिको विकास गर्नु पर्ने हुन्छ ।
पेन स्टेटका प्रोफेसर चाओ यांग वांग भन्छन् ‘हामीले प्रदर्शन गरेको व्याट्री र चार्जिङबाट इलेक्ट्रीक सवारीसाधन चार्जगर्दा १० मिनेट मात्र लाग्ने छ भने त्यसले व्याट्रीको चार्जिङ साइकलसमेत बढाउने छ । यी चार्जरले चार्जगर्दा २५०० चार्जिङ साइकल प्राप्त हुन्छ । यसले कमसेकम ५ लाख किलोमिटर यात्रा गर्न सकिने छ ।’