काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारश खड्काले पदबाट राजीनामा दिएका छन् । उनले आज ट्वीट गर्दै राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले नयाँ सुरुआतका लागि पदबाट राजीनामा दिएको जनाएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सोमबार मात्रै नेपाल क्रिकेट संघ (क्यान)को निलम्वन फुकुवा गरेको थियो । निलम्वन फुकुवा भएसँगै पारशले कप्तानबाट राजीनामा दिएका हुन् । उनले अहिलेसम्म आफूलाई सहयोग गर्ने खेलाडी, कोच, अम्पायर, ग्राउन्ड्सम्यान, शुभच्नितक र परिवारजनलाई धन्यवाद समेत दिएका छन् ।
Great to know that the suspension of Nepal cricket has been lifted and would like to wish the new committee to work for the betterment of Nepal cricket,players and its stake holders.
I have hereby decided to resign from my post as the captain of Nepal cricket team.
Jai Nepal !! pic.twitter.com/YuRBZkR7bU— Paras Khadka (@paras77) October 15, 2019