Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं- एमाले नेता भरतमोहन अधिकारीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसंग गरेको दिल्लीमा लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौता बिपालाई  दिल्लीको होटलमा मध्यरातमा प्रधानमन्त्री भट्टराईले जुवाको खेलेको संज्ञा दिनुभएको छ । निजी कामका शिलशिलामा आज काँकरभिट्टा पुग्नु भएका नेता अधिकारीले यस्तो सज्ञा दिनु भएको हो । ।
बिपा सम्झौता २०५८ सालमा स्वर्गीय गिरीजाप्रसाद कोईराला प्रधानमन्त्री हुदाँखेरी भारतले पठाएको प्रसंग उल्लेख गर्दे नेता अधिकारीले भन्नुभयो -माओबादीले जुनबेला कोल्गेट र डाबर कम्पनीमा हमला गरेका थिए त्यसैबेला भारत सरकारले बिपा सम्झौता पठाएको थियो त्यसबेला सम्झौता भएन त्यसपछि पुष्पकमल दहाल ‘प्रचण्ड’, माधबकुमार नेपाल, झलनाथ खनाल प्रधानमन्त्री हुनुभयो यतिका बर्ष नभईरहेको कुरालाई प्रधानमन्त्री भारत जानु अघिसम्म धेरै बिषयबस्तुका बारेमा कुरा उठाउने लगानीका बारेमा बोल्ने यो बिपा सम्भौताका बारेमा एकशब्द बोल्दै नबोल्ने अचानक भारत जाने बित्तिकै दशबर्ष अघिदेखि बिभिन्न प्रधानमन्त्रीले थाती राखेको कुरा केहो त्यसमा सहमती गर्नुपर्नेमा अपरझट यस्तो सम्झौता गरेर प्रधानमन्त्री भट्टराईले गलत गरेकाछन् ।
“११ बजेराति दिल्लीको होटलबाटै प्रधानमन्त्री भट्टराईले भनेका थिए आज मैले जुवा खेले” प्रधानमन्त्री भट्टराईको भनाई उद्यृत गर्दे पूर्व अर्थमन्त्री समेत रहनु भएका हेका अधिकारीले भन्नुभयो-प्रधानमन्त्रीले भारतसंग गरेको बिपा सम्झौता राष्ट्रघाती भएकाले साच्चै प्रधानमन्त्री भट्टराईले मध्यरातमा दिल्लीको होटलमा जुवानै खेलेर छाडे ।
बिपा सम्झौताका कन्टेन बिषयबस्तु माथि एमालेको मदभेव नभई त्यसको प्रकृया गलत भएकाले आफ्नो पार्टी त्यसको बिपक्षमा रहेको अधिकारीको भनाई थियो । बिपा सम्झौताले बिदेश लगानी नल्याउने तर्क राख्दै नेता अधिकारीले भन्नुभयो- लगानी ल्याउने वाताबरण चाहिन्छ बिपा सम्झौताले शुरुमै बिबाद ल्यायो यसले गर्दा लगानीकर्ता समेत तर्सेकाछन् ।
तपाईको प्रतिक्रिया