Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

बागलुङ – नेपाल टेलिकमले धौलागिरीका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा चौथो पुस्ताको ‘फोरी जी’ सेवा सञ्चालनमा ल्याएको छ ।
मोवाईल डाटा मार्फत अत्याधुनिक प्रविधिको उच्च गतिको इन्टरनेट चलाउन प्रयोग हुने ‘फोर जी’ सेवा सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए । टेलिकमले बागलुङ बजार, म्याग्दी बेनी बजार, पर्वत कुश्मा बजार र मुस्ताङको जोमसोम र मुक्तिनाथ क्षेत्रमा बिहीबारदेखि अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनमा ल्याएको प्रमुख शर्माले बताए ।

टेलिकमले दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्तालाई लक्षित गरि चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा सञ्चालनमा ल्याउन आवश्यक गृहकार्य गरिरहेको थियो । टेलिकमले यस लगत्तै बागलुङको लालीगुराँस चोक, कुँडुले, गलकोट नगरपालिकाको ठाना, म्याग्दीको बेनी क्याम्पसचोक, पूलाचौर, रुममा फोर जी सञ्चालन हुने जनाइएको छ । त्यस्तै पर्वतको शिवालय, पातिचौर, दुर्लुङ, मुस्ताङको जोमसोम बजारमा फोर जी सेवा शुरु हुनेछ । एक वर्ष भित्र धौलागिरीका १ सय १२ ठाउँबाट ‘फोर जी’ सञ्चालनमा ल्याउन अहिले आवश्यक गृहकार्य भईरहेको बताईएको छ ।
आवश्यकता अनुसार अन्य थप ठाउँमा सेवा विस्तार गर्ने टेलिकमले योजना तय गरेको छ । आउँदो वर्ष भित्र देशभर फोर जी सेवा पुरयाउने सरकारी लक्ष्य अनुसार धौलागिरीमा पनि काम तीव्र पारिएको छ । पहिलो चरणमा ‘फोर जी’ शुरु हुने १४ वटै बिटियस् टावरमा एन्टिना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको टेलिकमले जनाएको छ । ‘फोर जी’ सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । ‘फोर जी’ लाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । इञ्जिनीयर शर्माका अनुसार ‘फोर जी’ ‘थ्रि जी’ भन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो, इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ । ग्राहकले गुणस्तरयुक्त ‘फोर जी’ सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ ।

उच्च गतिको इन्टरनेट हुने भएकाले ‘फोर जी’ प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् । ‘फोर जी’ प्रविधिले मोबाइलमै ‘थ्रि डी’ भिडियोसमेत हेर्ने सुविधा दिने बताइन्छ । ‘फोर जी’ सेवाले ‘डिजिटल नेपाल’ को लक्ष्यलाई पनि सघाउने इञ्जिनियर शर्माको भनाइ छ । ‘भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइबर पुरयाउन कठिन छ’ – उनले भने – ‘ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ ।’ ‘फोर जी’ राउटरबाट कम्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८०० मेगाहर्जमा ‘फोर जी’ चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ ।***

तपाईको प्रतिक्रिया