Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं- वर्षौंदेखि भौतिक र मानसिक यातना दिएको भन्दै श्रीमानको हत्या गरी एक महिला सरासर प्रहरी कार्यालयमा आएकी छन् । जिल्लाको पिपलडाँडा घर भई हाल जलबिरेमा सामान्य किराना पसल सञ्चालन गर्दै आएकी मीरा केसी श्रीमान् क्षेत्रबहादुर केसी (विकास)को हत्या गरी आइतबार जिल्ला प्रहरी कार्यालय आएकी हुन् ।
२०५५ सालमा मीराले विकाससँग मागी विवाह गरेकी थिइन् । विवाह गरेदेखि नै भौतिक र मानसिक यातना दिँदै आएका श्रीमान् उनले भाइटीकाको दिन रक्सीमा विषादी मिसाएर खुवाएपछि विकास बेहेसो भएका थिए । सोही अवस्थामा उनले श्रीमानलाई सलले कसेर हत्या गरेकी थिइन् । श्रीमान्को हत्या गरेपछि ११ वर्षे छोरालाई लिएर आफू रातभर पसलमा बसेको मीराले बताइन् । शनिबार बिहान छोरासहित जिल्ला प्रहरी कार्यालय आउन भनेर चौतारामा आए पनि कार्यालयमा सहजै प्रवेश गर्ने हिम्मत नभएपछि उनी त्यो रात काभ्रेको दोलालघाट आएर बास बसेको बताइन् ।
आइतबार बन्देउस्थित अस्थायी प्रहरी पोस्टमा आएर चिनजानको प्रहरीसँग घटनाबारे सबै जानकारी गराएपछि उनी प्रहरी कार्यालयमा आइपुगेको जिल्ला प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।
मीराले सोमबार सञ्चारकर्मीसँग पतिले विवाह गरेदेखि नै आफूलाई दुःख दिएकाले हत्या गरेको बताइन् । सधैं मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने र दुःख दिने गरेपछि सहनुभन्दा हत्या गर्नु उचित ठानेर आफूले हत्या गरेको उनले बताइन् । ‘१३ वर्षेखिको पीडा थियो, आजबाट त्यो पीडा कम भएको छ,’ मीराले भनिन् । श्रीमानले आफ्नो इच्छाविपरीत पनि यौनसर्म्पर्क गर्ने गरेको मीराले दुःखेसो पोखिन् । मादक पदार्थ सेवन गरेपछि सधैं जबर्जस्ती गर्ने र नमान्दा परपुरुषको आरोप लगाउने गरेको मीराले बताइन् । श्रीमानको हत्या गरे पनि आफूलाई कुनै पश्चाताप नभएको उनले बताइन् ।
तपाईको प्रतिक्रिया