काठमाडाैं – नोकियो ब्राण्डको फोन बनाउने फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलले आगामी वर्ष आफूले फाइभजी चल्ने सस्तो नोकिया फोन सार्वजनिक गर्ने घोषणा गरेको छ ।
एचएमडीले सुरुवातमा उक्त फोन अमेरिकामा सार्वजनिक हुने बताएको छ । सन् २०२० भित्र फाइभजी फोन तर सस्तो दरमा प्रदान गर्ने एचएमडीले पुष्टि गरेको छ । एचएमडी ग्लोबलका मुख्य उत्पादक अधिकारी जुहो सरविकसले भने,‘हामी फाइभजी फोन सस्तो दरमा बजारमा ल्याउने छौं । यो मानिसहरुको लागि अवसर हुनेछ ।’
साथै एचएमडीले यसै वर्षको अन्त्यसम्ममा फाइभजी चल्ने नोकिया फोन सार्वजनिक गर्ने पनि बताएको छ ।