Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – जापनी कम्पनी सोनीले विशेष किसिमको वातानुकूलन यन्त्र (एसी) बनाएको छ । यो एसी मोबाइल फोनभन्दा पनि सानो छ ।

एसी तपाईंको कपडामा फिट हुन्छ । यसको नाम रीयोन पकेट हो ।

गर्मीमा यो एसी कपडामा राखेर हिँड्दा शीतल हुन्छ भने जाडोमा यसले तातो गराउँछ । यसलाई स्मार्टफोनबाट नियन्त्रण गर्न सकिन्छ ।

पकेट साइजको एयर कन्डिसनरका लागि क्राउडफन्डिङ प्ल्याटफर्म शुरू गरिएको छ । यसलाई गर्दनपछाडि राख्न सकिन्छ । विशेष किसिमको भित्री वस्त्रका साथ मात्र यसलाई फिट गर्न सकिन्छ ।

रीयोन पकेट एसी पेल्टियर तत्त्वबाट बनेको छ र त्यो तीव्र गतिमा तातो र चिसो हुन्छ । यसको उपयोग कार कूलर र वाइन कूलर्समा गरिन्छ किनकि यसमा कम पावर लाग्छ ।

एसी लिथियम आयन ब्याट्रीबाट चल्छ । दुई घन्टा चार्ज गर्दा दिनभरि यसको उपयोग गर्न सकिन्छ । यसले ब्लुटूथ ५.० एलई कनेक्टेड फोनलाई सपोर्ट गर्छ ।

रीयोन पकेटको मूल्य लगभग १५ हजार रुपैयाँ छ । एसी र इन्नरवीयर दुवैलाई मिलाएर यसलाई १५ हजार पर्ने हो ।

तपाईको प्रतिक्रिया