Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडाैं – पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक् भएको बताएका छन् । उक्त तस्बिर धूमपानबाट हुन सक्ने सम्भावित खतराको चेतावनी दिन प्रयोग गरिएको थियो ।

तर उक्त तस्बिर प्रयोग गर्न उनको अनुमति भने लिइएको थिएन । चुरोटको बट्टामा प्रकाशित उक्त तस्बिरसँगै लेखिएको थियो – धूमपानले तपाईँको धमनीलाई अवरुद्ध गरिदिन्छ । तर हिजोआज फ्रान्सको मेट्स सहरमा बस्दै आएका ती अल्बानियाली नागरिकका अनुसार उनले सन् १९९७ मा अल्बानियामा भएको बन्दुक आक्रमणमा परेर आफ्नो खुट्टा गुमाएका हुन् ।

उनका वकिलले घटनाबारे थप जानकारी लिन युरोपेली आयोगमा सम्पर्क गर्दैछन् । गत वर्ष लक्जम्बर्गमा चुरोट खरिद गर्दा उनका छोराले उक्त तस्बिरको पहिचान गरेको फ्रान्सका सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसपछि त्यो बट्टा उनले घर लिएर गएका थिए ।

‘मेरो भाइ लक्जम्बर्गबाट घर फर्कँदै थियो। फर्कनासाथ केही नभनी उसले चुरोटको एउटा ठूलो बट्टा टेबलमा राख्यो,’ उनकी दिदीले एउटा स्थानीय पत्रिकालाई भनिन् । ‘हामी अवाक् भयौँ। हामीले त्यो पत्याउनदै सकेनौँ ।’ सपरिवार तस्बिर हेरेपछि त्यो आफ्नो बाबुको खुट्टा रहेको उनीहरूले निष्कर्ष निकाले । ‘यो तस्बिर हाम्रो बुवाको हो । ती निसान अनि लक्षण,’ उनकी छोरीले थपिन् ।

तर ती व्यक्तिका अनुसार उनले आफ्नो तस्बिर त्यसरी प्रयोग गर्न उनले अनुमति दिएका थिएनन् । उनका अनुसार उक्त तस्बिर एउटा स्थानीय अस्पतालमा लिइएको थियो जहाँ उनी काटिएको खुट्टामा कुनै किसिमको हिँडडुल गर्न सकिने खाले उपकरण जडान गर्न सकिन्छ कि भनेर बुझ्न गएका थिए । बीस वर्षदेखि उनी बैसाखीको सहारा लिएर हिँडडुल गर्दै आएका छन् ।

‘विश्वासघात’
उक्त परिवारका वकिलले खुट्टाको तस्बिर ती व्यक्तिको भएको पुष्टि गरेका छन् । ‘प्रत्येक निसान विशेष छ। ती व्यक्तिको अर्को खुट्टामा जलेको निसान छ, त्यसैबाट यो तस्बिर चिनिन्छ । कुनै विशेषज्ञलाई यो तस्बिर पहिचान गर्न कुनै पनि किसिमको समस्या हुनेछैन,’ उनले भने ।

उनले कुनै एउटा व्यक्तिले बिनासहमति आफ्नो तस्बिर चुरोटको बट्टामा युरोपेली सङ्घअन्तर्गत रहेका मुलुकमा भेट्नु अविश्वसनीय रहेको टिप्पणी गरेका छन् । ती वकिले उक्त तस्बिर कसरी प्रयोगमा आयो भन्नेबारे अस्पतालसँग जानकारी माग गर्दै पत्र लेखेका छन् । युरोपेली सङ्घ अन्तर्गतका सबै मुलुकमा पाइने चुरोटका बट्टामा त्यस्तो तस्बिर वितरणका लागि जिम्मेवार युरोपेली आयोगसँग पनि सम्पर्क गरिएको बताइएको छ ।

उनका अनुसार आयोगले सामान्यतया त्यस्तो तस्बिर आफ्नो डेटाबेसबाट प्रयोग गर्छ । तर त्यसमा भएको सामग्री प्रमाणित गरिएको हुन्छ र चित्रण गरिएका व्यक्तिको अनुमति लिइएको हुन्छ । –बीबीसी

तपाईको प्रतिक्रिया