Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडाैं – अहिलेको सबैभन्दा नयाँ प्रविधि फाइभ-जी नेटवर्कले रेडियो वेभमार्फत् काम गर्छ । रेडियो वेभ भनेको इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रमको हिस्सा हो जुन दुईवटा एन्टिना र हाम्रो फोनबीच संचारित हुने गर्दछ ।

यसरी हामी हरेक क्षण टिभी, मोबाइल, रेडियो सिग्नल लगायत अनगिन्ती प्राविधिक उपकरणबाट निस्किने इलेक्ट्रो म्याग्नेटिक विकिरणहरु घेरिएका हुन्छौँ । यसका साथै हामीले दैनिक सूर्यबाट आउने प्राकृतिक विकिरणहरुको पनि सामना गरिरहेका हुन्छौँ । विशेषगरी फाइभ-जी ले प्रयोग गर्ने विकिरण पछिल्ला मोबाइल नेटवर्कको तुलनामा उच्च फ्रिक्वेन्सी अर्थात तीव्र गतिको र बलियो हुने गर्दछ जसले नै अनगिन्ती डिभाइसहरुलाई एकसाथ तीव्र इन्टरनेटको पहुँच दिलाउँछ ।

ती वेभहरु शहरी भूभागमा छोटो दुरीसम्म मात्र यात्रा गर्छन् जसकारण फाइभ-जी नेटवर्कलाई पहिलेका प्रविधि भन्दा धेरै ट्रान्समिटरको आवश्यक पर्छ ।  यस्तोमा पछिल्लो समय धेरैले मोबाइल टेक्नोलोजीले स्वास्थ्यमा खतरा उत्पन्न गराउने सम्बन्धी चिन्ता व्यक्त गरिरहेको पाइएको छ र कतिपय अध्ययनले त त्यसले क्यान्सर विकास गर्ने दाबी समेत गरेका छन् । २०१४ मा मात्र विश्व स्वास्थ्य संगठनले मोबाइल फोन प्रयोगका कारणले स्वास्थ्य सम्बन्धी कुनै गम्भीर समस्या नगर्ने भनि आधिकारिक ठहर गरेको थियो ।

तर अर्कोतर्फ विश्व स्वास्थ्य संगठनले नै इन्टरनेस्नल एजेन्सी फर रिसर्च अन क्यान्सरसँगको सहकार्यपछि भने सबै प्रकारका रेडियो फ्रिक्वेन्सी विकिरणहरु अर्थात मोबाइल सिग्नल सम्भावित रुपमा क्यान्सर उत्पादक हुन सक्ने बताएको हो । यसको जोखिम स्तर मसालेदार सब्जी खानु र ट्याल्कम पाउडरको प्रयोग गर्दा सरह हुने गरेको बताइएको छ ।

२०१८ मा अमेरिकी स्वास्थ्य विभागले प्रकाशित गरेको एक अध्ययनमा पनि केटा मुसा उच्च डोजको फ्रिक्वेन्सी सामु बढी आइरहँदा त्यसको मुटुमा क्यान्सरजन्य ट्युमर विकसित भएको पत्ता लागेको थियो । तर यसमा केटी मुसाहरुमा भने कुनै असर देखा परेको थिएन । यस्तोमा मानिसहरुले मोबाइल फोन मार्फत अझ प्रत्यक्ष रुपमा विकिरणहरुको सामना गरिरहने हुँदा चिन्ता व्यक्त गरिएको हो जसको वैज्ञानिक प्रमाण भने फेला पार्न सकिएको छैन । यसैकारण वैज्ञानिक र चिकित्सकहरुको एउटा समूहले युरोेपेली संघलाई चिठी लेख्दै फाइभ-जी नेटवर्क रद्द गर्न समेत आग्रह गरिरहेको खबर गरिएको छ ।

तर यसबारेमा फिजिसिस्ट एवम् क्यान्सरका अनुसन्धानकर्ता डेभिड रोबर्ट ग्रिम्स भन्छन्, ‘वास्तवमा मोबाइल फोन नेटवर्कमा प्रयोग हुने रेडियो वेभ ‘नन आयोनाइजिङ’ हुन्छन् । अर्थात त्यससँग हाम्रो डिएनएमा क्षति पुर्याएर सेललाई नष्ट गर्न पर्याप्त ऊर्जा शक्ति हुँदैन ।’ तर अर्कोतर्फ त्यो भन्दा माथिल्लो स्तरको इलेक्ट्रोम्याग्नेटिक फ्रिक्वेन्सीले भने स्पष्ट रुपमा स्वास्थ्यका लागि अधिक हानिकारक मानिएको छ । त्यस्तै सूर्यको अल्ट्रा भाइलेट विकिरण पनि जोखिमदायक मै पर्दछ जसले छालाको क्यान्सर गराउन सक्छ ।

त्यसैले पनि मानव शरीरले उच्च ऊर्जाको विकीरण स्तर जस्तै एक्स-रे वा गामा-रे सँग सिमित सम्र्पकमा मात्र आउनुपर्ने विज्ञहरु बताउँछन् र मोबाइलको अत्याधिक प्रयोग नगर्नमा पनि जोड दिनुपर्ने बताइएको छ । त्यसैगरी फाइभ-जी स्पेक्ट्रमले प्रयोग गर्ने फ्रिक्वेन्सी ब्यान्डले कुनैपनि वस्तुमार्फत जाँदा त्यसमा तातो उत्पन्न गराउन सक्छ । तर त्यो हानिकारक नभएको प्रोफेसर रोड्ने क्रोफ्ट बताउँछन् जो इन्टरनेस्नल कमिसन अन नन-आयोनाइजिङ रेडिएसन प्रोटेक्सनका सल्लाहकार हुन् ।

यसका साथै फाइभजी सिग्नलका लागि प्रयोग गरिने फ्रिक्वेन्सी रेन्ज हानिकारक ठहर गरिएका विकिरण भन्दा कम शक्तिशाली र नन आयोनाइजिङ हुने दाबी गरिएको छ । यसरी हालसम्म मोबाइल सिग्नलका विकिरणले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष नोक्सान पुर्याएका बारे पर्याप्त प्रमाण नभएकाले नै यो विषय अझै विवादित मानिएको छ ।

तपाईको प्रतिक्रिया