Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं- तीन दलका शीर्ष नेताले शान्ति प्रक्रिया छिट्टै टुंगोमा पु-याउने प्रतिवद्धता जनाएका छन् । एकीकृत नेकपा माओवादीले नेपाल संवतको नयाँ वर्ष, दशैं, तिहार, छठ र रमजान पर्वको अवसरमा सोमबार राजधानीको भृकुटीमण्डपमा गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा तीन दलका शीर्ष नेताले अब काम गरेर शान्ति र संविधान टुंगोमा पु-याउने बेला आएको बताए ।
उनीहरुले शान्ति र संविधानका लागि दलहरु सकारात्मक दिशातिर अघि बढेको पनि बताए । कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधानका लागि ठूलो दलको जिम्मेवारी निभाउन र जस्तो सुकै त्याग गर्न तयार रहेको बताउनुभयो । ‘ठुलो दलको हैसियतले माओवादी शान्ति र संविधानको लागि जस्तोसुकै त्याग गर्न तयार छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘शान्ति प्रकृयालाई निष्कर्षमा पु-याउन माओवादी प्रतिवद्ध छ ।’
यस्तै नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले अब सहमति भनेर मात्रै नहुने अवस्था आएकोले दलहरु काम गर्नतिर लाग्नु पर्ने र अहिले छलफल त्यही दिशामा अघि बढेको बताउनुभयो ।
एमाले अध्यक्ष झलनाथ खनालले नेपालमा ऐतिहासिक अर्जुन दृष्टि आवश्यक भएको बताएका छन्। उनले शान्ति र संविधानप्रति सबैको मुख्य उत्तरदायित्व हुनुपर्ने बताउँदै यसैका लागि अर्जुनदृष्टि आवश्यक भएको बताएका हुन। उनले माओवादीद्वारा आयोजित चियापानका क्रममा यस्तो धारणा राखेका हुन।
कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायत दलका नेता, सभासद्, कुटनीतिक नियोगका अधिकारीहरु, सरकारी अधिकारी, व्यवसायी, माओवादी कार्यकर्ता सहभागी थिए ।
तपाईको प्रतिक्रिया