Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडाैं – लियोनल मेसीले अन्तर्राष्ट्रिय करियरमा दोस्रो रातो कार्डको सामना गर्दा अर्जेन्टिनाले शनिबार राती कोपा अमेरिकामा चिलीलाई २-१ ले हराउँदै तेस्रो भएको छ ।

बार्सिलोनाका फरवार्ड मेसीको पासमा सिर्जियो अग्विरोले अर्जेन्टिनालाई अग्रता दिएका थिए । युभेन्टसका पाउलो डिबालाले टोलीको अग्रता दोब्बर बनाए ।

तर, चिलीका ग्यारी मेडलसँगको विवादमा लियोनल मेसीले रातो कार्डको सामना गरे । दोस्रो हाफमा अर्टुरो भिडालले गोल गरे पनि अर्जेन्टिनाले २-१ को नतिजा निकाल्दै तेस्रो स्थान हासिल गर्यो ।

चिली र अर्जेन्टिनाबीचको नतिजालाई मेसी र मेडलले सामना गरेको रातो कार्डले छायाँमा पारिदियो । मेसीले बार्सिलोनामा अहिलेसम्म रातो कार्डको सामना गरेका छैनन भने अन्तर्राष्ट्रिय करियरमा पनि १४ वर्षअघि १ पटक मात्र रातो कार्डको सामना गरेका थिए ।

बल खोस्नेक्रममा मेसीले मेडललाई हातले धकेलेका थिए । जवाफमा मेडलले मेसीलाई टाउकोले हानेपछि विवाद बल्झिएको थियो । त्यसपछि रेफ्रीले दुबैलाई दुबैलाई रातोकार्डको दर्शन गराए । चिलीले त्यसअघि एलेक्सिस सान्चेचलाई चोटका कारण गुमाइसकेको थियो । म्यानचेस्टर युनाइटेडका फरवार्ड सान्चेजलाई ह्यामस्ट्रिङ चोट लागेको थियो ।

तपाईको प्रतिक्रिया