Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – चाइनाको हुवावेसँग चौधरी ग्रुपले फोरजी सेवा संचालनका लागि सहमति गरेको छ । चौधरी ग्रुपले हुवावेसँग फोरजी सेवा संचालन गर्न एक सय मिलियन अमेरिकी डलर बराबर रकममा सम्झौता गरेको चौधरी ग्रुपका अधिकारीले जनाएका छन् ।

अमेरिका र हुवावेबीच द्वन्द्वचर्किरहेको अवस्थामा चौधरी ग्रुपले चिनियाँ कम्पनीसँग मिलेर नेपालमा ११ अर्ब लगानी गर्न लागेको विषयले विश्वको ध्यान तानेको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले यो सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै नेपालभर फेरजी सेवा सजिलै उपलव्ध हुने दावी गरे ।

चौधरीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टेलिग्राफसँग कुराकानी गर्दै भारतको मोबाइल क्षेत्रमा रिलायन्स कम्पनीले पकड जमाएजस्तै गर नेपालको मोबाइल बजारमा फोरजी सेवामार्फत हलचल नै ल्याउने दावी गरेका छन् । चौधरीले भनेका छन्, ‘हामीले नेपालमा दुई सय ५० मिलियन डलर (२७ अर्व भन्दा बढी नेपाली) खर्च गर्ने लक्ष्य राखेका छौ । हामी फ्रि भ्वाइस सर्भिस पनि दिनेछौं र विशेष गरेर डाटा, अनलाइन पेमेन्ट र अन्य सुविधामा विशेष ध्यान केन्द्रित गर्नेछौं ।

फोरजी सेवा सञ्चालनका लागि हुवावेले एक सय मिलियन अमेरिकी डलर बराबरका सामाग्री सप्लाई गर्नेछ, जुन पछि फाइभजीमा समेत अपग्रेड गर्न सकिनेछ । चीनको म्यानुफ्याक्चरसँग मिलेर सिमेन्ट क्षेत्रमा सहकार्य गर्न खोजेको समेत जनाएका छन् । सीजीले पहिले नै नेपालमा ग्रामीण भेगमा लिमिटेड टेलिकम्युनिकेसन सञ्चालन गर्दै आएको छ । चौधरीले अबको चार वर्षभित्र नेपालको टेलिकम बजारमा एक तिहाइ हिस्सा लिने दाबी समेत गरेका छन् ।

हुवावेको प्रविधि विश्वभर फाइभजी उपकरणका लागि मुख्य प्रतिस्पर्धी हो । तर अमेरिकाले हुवावेको प्रविधिले सुरक्षामा खतरा पुर्‍याउने भन्दै त्यसलाई बहिष्कार गर्न अन्तर्राष्ट्रियस्तरमा आह्वान गर्दै आएको छ । केही साता अगाडिमात्रै हुवावेसँग रुसले पनि फाइभजी सेवा सुरू गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । नेपालको दूरसञ्चार क्षेत्रमा ५१ प्रतिशतको बजार सेयर लिएर हाल नेपाल टेलिकम अग्रस्थानमा छ ।

त्यसपछि एनसेल र स्मार्ट सेल रहेका छन् । एशियामा चर्चित बनेको चौधरी ग्रुपको चाउचाउ ब्रान्डसँगै ग्रुपले बैंक, दूरसञ्चार व्यवसाय, अटो, रियर स्टेट, होटल लगायतका व्यवसायमा लगानी गरिरहेको छ । साथै भारतको ताज ग्रुपसँगको साझेदारीमा माल्दिभ्समा दुई वटा रिसोर्ट सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया