काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको वर्ष २०७५ को उत्कृष्ट महिला खेलाडीको अवार्ड फुटबलकी सावित्रा भण्डारीले हात पारेकी छन् । भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सिता रानामगर, तोक्वान्दोकी निमा गुरुङ र जुडोकी मनिता प्रधानलाई पछि पार्दै सावित्राले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी हुन् ।
घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी सावित्राले भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन् । यस्तै महिला साफ च्याम्पियनसिपमा सावित्रा उत्कृष्ट गोलकर्ता बनेकी थिइन् ।