Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौँ – विश्वकप क्रिकेट अन्तर्गत आज दोस्रो खेल अस्ट्रेलिया र न्युजील्याण्डबीच हुदै छ । बेलुकी सवा ६ बजेदेखि सुरुहुने यो खेल न्युजील्याण्डको लागि महत्वपूर्ण देखिएको छ भने अस्ट्रेलिया पनि यो खेल जितेर अंक तालिकामा शिर्ष स्थानमा कायमै रहन खेल्ने देखिन्छ ।

अंक तालिकामा शिर्ष स्थानमा रहेको अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ भने न्युजील्याण्ड आफ्नो सेमिफाइनल यात्रा सुनिश्चित गर्न एक जितको खोजिमा रहेको छ । अहिलेसम्म ७ खेल खेलेको अस्ट्रेलिया १२ अंकसहित शिर्ष स्थानमा छ भने ७ खेलमा ११ अंक हासिल गर्दै न्युजील्याण्ड तेस्रो स्थानमा रहेको छ ।

अस्ट्रेलिया र न्युजील्याण्ड दुवैले यस प्रतियोगितामा एक एक खेलमा हार बेहोरेका छन् । अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने न्युजील्याण्ड पाकिस्तानसँग पराजित भएको थियो । न्युजील्याण्डको अन्तिम खेल भारतसँग भएकाले उसको सेमिफाइनल यात्रामा आजको खेल र भारतसँगको एक खेल कम्तिमा जित्नै पर्ने अवस्था रहेको छ ।

यस खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर र कप्तान एरोन फिन्चलाई छिटो आउट गर्नुपर्ने चुनौती न्युजील्याण्डको अगाडी रहेको छ । वार्नरले प्रतियोगितामा २ शतक र ३ अर्धशतकसहित ५ सय रन बनाएका छन् भने फिन्चले पनि ७ खेलमा २ शतक र ३ अर्धशतकसहित ४९६ रन बनाएका छन् । दुवै ओपनरले राम्रो खेलेका कारण अस्ट्रेलियाको मध्यक्रम पुरै प्रतियोगितामा राम्रोसँग ‘टेस्ट’ नहुनु नै अस्ट्रेलियाको कमजोरी मानिएको छ । त्यसैले यो ओपनर जोडीलाई आउट गरेमा न्युजील्याण्डले खेल नै जित्न सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।

त्यस्तै न्युजील्याण्डका लागि कप्तान केन विलियम्सन नै प्रमुख खेलाडी हुन । उनले प्रतियोगितामा ७ खेलमा २ शतक र एक अर्धशतकसहित ४१४ रन बनाएका छन् । त्यस्तै अस्ट्रेलियाका बलर मिचेल स्टार्कको धारिलो बलिङबाट बच्न विलियम्सनको टिमले विशेष रणनीति बनाउनुपर्ने देखिन्छ । प्रतियोगितामा सर्वाधिक १९ विकेटलिएका स्टार्क न्युजील्याण्डको लागि प्रमुख चुनौती हुन सक्छन ।

सम्भावित खेलाडी :

अस्ट्रेलिया : एरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, उस्मान ख्वाजा, मार्कोस स्टोइनिस, पाट कमिन्स, नाथन लियोन, जासन बेहरेनड्रोफ र एलेक्स केरी ।

न्युजील्याण्ड : केन विलियम्सन (कप्तान), मार्टिन गप्टील, कोलिन मुन्रो, रोज टेलर, टम लाथम, जिम्मी निशाम, कोलिन डि ग्राण्डहोम, मिचेल सान्टनर, माट हेनरी, लुकी फर्गुसन र ट्रेन्ट बोल्ट ।

यसअघि अस्ट्रेलिया र इङल्याण्डबीचको खेल भएको मैदानमा हुने यस खेल हुदा मौसम सफा नै रहने बताइएको छ भने सोहि पिच प्रयोग हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया