Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

टोकियो – जापानमा रहेका विभिन्न क्षेत्रका नेपाली विज्ञहरु र नेपाली राजदूताबास जापानको सहकार्यमा भएको नेपाल जापान डाइलग सिरिजको चौथो शृङ्खला शनिबार टोकियोको इचिगाया स्थित जाइका हलमा सम्पन्न भएको छ। मूलतः जापानको आइटी क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरुबीच नेपालको आइटी प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानमा रहने विज्ञ नेपाली समुदायसंगको भेटले आफु हर्षित भएको र नेपाली दूताबासले यस्ता खालको कार्यक्रमहरुमा सदैब प्रोत्साहन र सहयोग गर्ने बताउनु भयो। नेपालमा अहिले स्थायी दुई-तिहाई बहुमत भएको सरकार रहेको र यो सरकारको एउटा मुख्य उदेश्य सीप, ज्ञान र लगानी भित्र्याउन इच्छुक रहेकोले सबै विज्ञ र वक्ताहरुलाई आफ्नो सिप, ज्ञान र लगानी भित्र्याउन आह्वान गर्नुभएको थियो। साथै वक्ताहरुले कार्यक्रममा ब्यक्त गर्नुभएका सुझावलाई नेपाल सरकार समक्ष पुरयाईने जानकारी गराउनुभएको थियो । समृद्ध नेपाल अभियानका लागि नेपाल सरकारले बिदेशमा रहेका नेपाली विज्ञहरुको अभिलेख संकलन गर्ने कार्य भैरहेकोले राजदूत राणाले सबै जापानबासी नेपाली विज्ञहरुलाई आफ्नो विवरण दर्ता गराउनुहुन अनुरोध गर्नुभएको थियो।

कार्यक्रमका सहजकर्ता तोशिबा मेमोरी कर्पोरेशनका डा. कुमार बस्नेतले आइटी क्षेत्र नेपालको कुल ग्राहस्थ उत्पादनको एउटा महत्वपूर्ण अंग भएको र नेपालले जापान संगको सहकार्यमा भबिष्यमा यो क्षेत्रमा धेरै फड्को मार्ने सम्भावना रहेको बताउनु भएको थियो। कार्यक्रमको पहिलो वक्ताका रुपमा टोकियो इन्टरनेशनल युनिभर्सिटीका उपाध्यक्ष प्रा. डा. जय राजासेकाराले नेपालको दिगो बिकासका नीतिहरु राम्रो भएकोले यसलाई व्यवहारमा उतार्नुपर्ने र सरकारी र नीजि क्षेत्रवीचको सहकार्य अझै बढाउन आवश्यक रहेको औल्याउनु भएको थियो। नेशनल इन्स्ट्युट अफ इन्फर्मेशन कम्युनिकेशन टेक्नोलोजीका बरिष्ठ अनुसन्धानकर्ता डा. यासुनोरी ओवादाले दुर्गम क्षेत्रहरुमा सूचना पुरयाउनका लागि नेर्व नेट प्रबिधि उपयुक्त हुने बताउनुभएको थियो। त्यस्तै नेशनल इन्स्ट्युट अफ इन्फर्मेशन कम्युनिकेशन टेक्नोलोजीका अनुसन्धानकर्ता डा. वेद काफ्लेले 5 G प्रविधि बिकासका लागि अत्यावश्यक रहेको बताउनुभएको थियो। डा. काफ्लेले नेपालमा आइटी क्षेत्रमा धेरै संभावना रहेको बताउनु भएको थियो। दोस्रो सत्रका प्रथम वक्ताका रुपमा कोजी कोनोउचीले मौसम सम्बन्धि जानकारी दिन आइटीको प्रयोग बारेमा बताउनु भएको थियो। Jig।jp JIG I JP का अध्यक्ष तायसुके फुकुनोले आफ्नो कम्पनीले १ डलरमा सीपीयु र १५ डलरमा बालबालिकाका लागि कम्प्युटर बनाउने हुनाले यो प्रविधि नेपालमा सान्दर्भिक हुने बताउनु भएको थियो। आभाष मास्केले नेपाल सरकार र क्युशु युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा बिकास गरिएको नेपालको प्रथम भू-उपग्रह बिकास कसरी संभब भयो र भबिष्यमा यसले गर्न सक्ने संभावना बारेमा चर्चा गर्नुभएको थियो। तेस्रो सत्रमा उक्त सेमिनारमा भाग लिने केहि कम्पनीका प्रतिनिधिहरुको परिचयात्मक सत्र राखिएको थियो।

बिशेष वक्ताको रुपमा नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभागका माहानिर्देशक गोकर्णमणि दुवाडीले भिडियो मार्फत बोल्नु हुंदै आफ्नो विभागमा भूमि व्यवस्थापनका लागि आइटी प्रविधिको प्रयोग गरिरहेको बताउदै यसले पारदर्शितामा सहयोग पुरयाउने विश्वास ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमका बिशेष अतिथि नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले सबै वक्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै नेपालमा लगानी गर्न उचित बाताबरण भएको बताउनुभएको थियो। त्यस्तै विज्ञ र कम्पनीका प्रतिनिधिहरुलाई कुनै पनि बिषयमा सुझाबको आबश्यकता भएमा राजदूतावास सधै सकारात्मक भएको बताउनुभएको थियो। क्योदाई रेमिट्यान्सको-आइएमई) को प्रायोजनमा सम्पन्न कार्यक्रममा करीव ८५ जना जापानी र नेपालीहरुको उपस्थिति रहेको थियो।***

तपाईको प्रतिक्रिया