काठमाडाैं – अमेरिकाको भिसा प्राप्त गर्नका लागि अब सामाजिक संजाल चलाउनै पर्ने भएको छ । अमेरिका जान चाहने व्यक्तिले पाँच वर्षको सामाजिक संजाल विवरण बुझाउनु पर्ने भएपछि सामाजिक संजाल चलाउनै पर्ने बाध्यता भएको हो ।
यद्यपी सामाजिक संजाल नचलाउने व्यक्ति भएको खण्डमा भने उसले चित्तबुझदो कारण दिनुपर्ने जनाइएको छ । यस क्रममा झुठो बोलेको पत्ता लागे सम्बन्धीत व्यक्तिले भिसा नपाउने हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारले जनाएको छ । अमेरिकाले देशमा बढ्दो आतंकवादी गतिविधिलाई रोक्न यो नयाँ नियम ल्याउन लागेकोे हो ।
सामाजिक संजालको डाटाको आधारमा सामाजिक संजाल प्रयोगकर्ता अमेरिका प्रति सकारात्मक या नकारात्मक भएको पत्ता लाग्ने अमेरिकी विश्वास रहेको छ । –एजेन्सी